काठमाडौंः नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको छ ।

बिहीबार साँझ थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनी गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, ०८:४५