काठमाडौंः नेपालमा आज थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।

आज पत्ता लागेका संक्रमितहरुमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोर रहेका छन् ।

जनकपुरका किशोर भारतको राजधानी दिल्लीबाट आएका थिए ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका३ भुल्केकी हुन् ।


। त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख ११, १८:४५