काठमाडौं : नेपालमा रहेका तिब्बती शरणार्थीबारे संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले चासो व्यक्त गरेको छ।

बिहीबार मन्त्रालयमै गृहमन्त्री रामबहादुर थापासँग भटेर युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले चासो व्यक्त गरेकी हुन्।

भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा छलफल भएको थियो। भेटमा भुटानी शरणार्थी र म्यान्मारबाट विस्थापित रोहिन्जा शरणार्थीबारे हालेपोताले कुनै विषय उठाएकी नागरिक दैनिकमा समाचार छ ।