काठमाडौंः वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदान र भुक्तानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।

सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पुर्‍याउने भएको हो ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्त गर्ने छन् । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।



प्रकाशित मितिः मंगलबार, वैशाख ९, १९:३८