काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड–१९) का थप ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या १६ पुगेको छ ।

आज वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १९ वर्षीया युवक १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । बाँकी ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, २१:२२