काठमाडौंः आज थप दुई जना कोराना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

आज टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने कोरोना निको हुनेको संख्या ७ पुगेको छ । संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, १८:३१