नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक तथा बिबिधताले भरिपूर्ण देश हो। जसका कारण यहाँ पर्यटन ब्यबसायको प्रसस्त सम्भावना रहेको छ । संसारकै अग्लो सगरमाथा, अग्ला हिमालका चुचुराहरु गौतम बुद्धको जन्मभूमि र बिबिध साँस्कृतिक पहिचानका कारण नेपाल पर्यटनको आकर्षण केन्द्रका रुपमा रहेको छ । पर्यटन सम्बन्धी काम गर्ने बिभिन्न संस्थाहरुले दिएको सन् २०१७ को सुझाब र बिश्लेशणको सुचीमा हेर्दा नेपाल घुम्नै पर्ने देश मध्येको अग्रपंक्तिमा रहेको छ ।

नेपालको कुल आम्दानीको करीब ३ प्रतिशत भन्दा बढी पर्यटन ब्यबसायले सघाएको छ । १४ औं योजनाको अन्त सम्ममा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।


। नेपाल जस्तो बिकासोन्मुख देशका लागी पर्यटन क्षेत्रको बिकाश र बिस्तार अपरिहार्य देखिन्छ यसले नेपालको आर्थिक, सामजिक, शैक्षिक क्षेत्रमा ठुलो योगदान पुर्याउन सक्छ ।
पर्यटकको संख्यालाइ हेर्ने हो भने नेपालमा सबैभन्दा बढी पर्यटक भारत र चिन बाट त्यसपछि मात्र तेश्रो मुलुकलाइ देख्न सकिन्छ यसको प्रमुख कारण नेपाल सरकारले तेश्रो राष्ट्रहरुमा उडान गर्न नसक्नु र हामीकहाँ आवश्यक अन्तराष्ट्रीय बिमानस्थल पनी हुन नसक्नु हो ।

नेपाल सरकारले सन् २०२० सम्मामा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ तर सरकारको लक्ष्य र बाटो पूर्ण रुपमा फरक देखिएको छ यसका लागी आवश्यक कुनै पनी कुराहरुमा आवश्यक कदम चालिएको देखिदैन ।

अहिलेको अवस्थालाइ मात्र हेर्ने हो भने पनी २०७२ बैशाख १२ गते गएको भुकम्पका कारण भत्किएका करीब ८० प्रतिशत भन्दा बढी संरचना पुनर्निर्माण हुन सकेका छैनन् ।

बिमानस्थलको मर्मत तथा सहजिकरण नहुनु, आन्तरिक उडानको भाडादर मनोमानि हुनु, पर्यटन ब्याबासायमा प्रयोग गरिएका यातायात क्षेत्रका सवारीसाधनको उचित ब्यबस्थापन नहुनु, प्रयाप्त मात्रमा सुबिधा युक्त होटल तथा रेस्टूँरा को बिस्तार नहुनु, बातावरण प्रदूषण र सरसफाइ नियन्त्रणमा जोड दिन नसक्नु, प्राकृतिक श्रोत र साधनको संरक्षण नहुनु साथसाथै पर्यटकलाइ शुरक्षित भावनाको अनुभूति दिलाउन नसक्नुले पनी पर्यटन क्षेत्रलाइ असर पुर्याएको छ ।

नेपाल सरकारले हरेक वर्ष ९ प्रतिशत भन्दा बढिको दरले पर्यटकको संख्या बढाउने लक्ष्य लिएको छ । साथै नेपाल घुम्न आउने पर्यटकको समय अबधि अहिलेको अवस्था १३ दशमलब ३ दिन बाट बढाएर २०१९ सम्ममा १५ दिन पुर्याउने लक्ष्य राखेको छ तर यो लक्ष्य पनी एक चुनौतिको बिषय हो । नेपाल आएर सबै भन्दा लामो समय सम्म बस्ने भनेका ट्रेकिङ्गमा जाने पर्यटकहरु हुन् पछिल्लो समय बढ्दै गरेको देशको बिकास सँग सँगै ट्रेकिङ्ग रुटहरुमा यातायातको बिस्तार हुँदै जानुले ट्रेकिङ्ग गर्ने दिनहरु घट्न थालेका छन् सजका कारण सकारले पर्यटकको बसाई अवधी बढाउने भनेपनि यो एक चुनौतीको बिषय हुन पुगेको छ साथै यसको प्रत्यक्ष असर त्यसक्षेत्र मा पर्यटन सम्बन्धी ब्यबसाय गरेर बस्ने ब्यबसायी हरुलाई परिरहेको छ र त्यस क्षेत्रमा लगानी गर्न खोज्ने अन्य निजीक्षेत्रलाइ पनी निरुत्साहित गरीरहेको छ ।

पर्यटनलाइ क्षेत्रलाइ उघोगको रुपमा बिकशीत गरेर लैजानेको भने नेपाले प्रसस्त बिदेशी मुद्रा आर्जन गर्न सक्छ । जसका लागी सरकारले पत्यक्ष बिदेशी लगानी भित्राउन सक्नुपर्दछ । नेपाल सरकारले धेरै भन्दा धेरै बिदेशी पर्यटक भित्राउनका लागी फ्री भिषाको ब्यबस्था समेत गरेको छ तर यसले पर्यटकको गुणस्तर खस्कने देखिन्छ यसले मनग्य पैसा खर्च गर्ने सक्ने पर्यटको संख्या कम हुन जान्छ ।

यसका लागी नेपाल सरकारले आवश्यक क्षेत्रमा ध्यान दिन जरुरी छ यस क्षेत्रका लागी पुर्बाधारमा लगानी नै मुख्य बिषय हो । त्यसैले यस क्षेत्रमा लगानी लगाउन खोज्ने निजीक्षेत्रलाइ समेत सहज वातावरण दिलाउन आवश्यक देखिन्छ।

आशिष पौडेल –