काठमाडौंः नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न पुगेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो ।

महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यस्तै, वैदेशिक ऋण चार खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो। त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।