काठमाडौंः डि एस डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र ‘दानराज’ निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता शंकर अधिकारी घायलले बताए ।

आगामी भदौबाट छायांकन जाने तयारीका साथ तयारी भइरहेको चलचित्रका निर्माता शत्रुघन अन्सारीले बताए ।

चलचित्रमा कोही पनि मानिस रहरले अपराधी बन्दैन किन र कसरी बन्छन त अपराधी यहि सेरोफेरोमा कथा घुमेको बताइएको छ । समाजभित्रको अपराधिक घटनालाई मुख्य रुपमा चित्रण चलचित्रमा गरिने भएको छ ।

दानराज चौलागाईं को मुख्य भुमिका रहने चलचित्रमा रेश्मा घिमिरे र सबिन केसी यसै चलचित्रबाट डेब्यु गर्दैछन् । सागर गुरु चौलागाईं ,रबि खड्का, गंगा कुँवर, करुणा श्रेष्ठ, रबिन श्री, शत्रुघन अन्सारीको अभिनय रहेको छ भने अन्य कलाकारको छ्नौट प्रक्रिया भैरहेको निर्माण पक्षले बताएको छ ।


देव महर्जनको द्वन्द, सन्दिप भुजेल र राम केसीको नृत्य, सुरेस अधिकारी, बाबुल गिरी र मिलन तिमिल्सिनाको संगीतमा नित्याशिवा, सुरेस अधिकारी ,बाबुल गिरीको आवाज रहने छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १९:११