काठमाडौंः नेपाली कांग्रेसले नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका पिता डा. रामबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

जिल्ला सभापति थापाका पिता डा. थापाको आज बिहान ७९ वर्षको उमेरमा उपचारका क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा निधन भएको थियो ।

स्वर्गीय थापाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख छ ।

शोक वक्तव्य

असोज २३, २०७७

शोक वक्तव्य

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको ७९ वर्षीय पिता डा. रामबहादुर थापाको आज मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भयो ।


। स्वर्गीय थापाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय थापाको श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १५:४३