काठमाडौँ: संस्थापनइतर समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्‍याउने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।

भेलामा हालसम्म ३० जिल्लाका सभापति भेला भएका छन् । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु सहभागी छन् ।



प्रकाशित मितिः पौष २१, सोमवार, १४:२६