काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ ।

कार्तिक २७ गते बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजेका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई समेत बैठकमा बोलाइएको मुख्यसचिव पौडेलले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १९:५५