काठमाडौंः नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला असार पहिलो साता हुने भएको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडलले आउँदो असार ५, ६ र ७ गते हेटौंडामा भेला गर्ने तय भएको जानकारी दिए ।

केन्द्रीय कार्यसमितिले जेठभित्र जिल्ला सभापतिहरुको बेला गर्ने निर्णय गरेको थियो । तर, बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरुले बताएका छन् ।