भक्तपुरः नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका–३ नं वडा कार्यसमितिद्वारा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गरिएकोे लकडाउनका कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अनाथ, अपांग, असहाय, अशक्त, ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

बागमति प्रदेश सभा सदस्य कृष्णलाल भँडेल र वडा सभापति राजेश शाही ठकुरीले संयुक्त रुपमा खाद्यसामग्री र नगद मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गरे ।

चाँगुनारायाण नगरपालिका–३ दाहाल गाँउमा अवस्थित उँ कृष्ण सेवा सदन तथा मानव कल्याण समाजमा बसेका ६३ जना अनाथ, अपांग, असहाय, अशक्त, ज्येष्ठ नागरिकहरुलाई पौष्टिक खाद्यान्न आपूर्तिमा सहजताको लागि चाँगुनारायण नगरपालिका–३ का वडा सभापति ठकुरी तथा क्षेत्रिय प्रतिनिधि दिनेश थापाको समन्यवमा नेपाली काँग्रेस ३ नं वडा कार्यसमितिको अगुवाइमा स्वयंसेवी रुपमा सहयोग रकम संकलन गरी खाद्यान्न सामग्री र आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी कुरा वडा सभापति ठकुरीले जानकारी दिए ।


हस्तान्तरण गरिएको खाद्य समाग्रीहरुमा चामल १३ बोरा, दाल १ बोरा, तेल २ बाकस, चिउरा १ बोरा, आलु १ बोरा, दुध २२ लिटर, मास्क ६० थान र नगद ७ हजार ५५० रुपैयाँ रहेको थियो ।


प्रकाशित मितिः सोमबार, वैशाख १५, १०:५०