काठमाडौंः ओमानमा सम्पन्न पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार बिहान स्वदेश फर्कदै छन् ।

नेपाली क्रिकेट टोली शुक्रबार बिहान ९ः२५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमले जनाएको छ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो । सिरिजमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्ड र ओमानसँग पराजित भएको थियो ।

यसअघि नेपालले सिंगापुरमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो ।


। उक्त सिरिज लगत्तै नेपाली टिम ओमान गएको थियो ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०८:१९