काठमाडौंः नेपाली जनसम्पर्क समिति इजरायलकी निवर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न ।

हाल नेपाली जनसम्पर्क समिति इजरायलकी सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरेका हुन ।

लामो समयदेखि पार्टीमा आवद्ध रहि प्रवासमा समेत बसेर नेपाली कांग्रेसलाई योगदान पुर्‍याएकोले भुसालको मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ ।

देबदह नगरपालिका, रुपन्देहीकी स्थायी बासिन्दा भुसालले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै विभिन्न सञ्चार माध्यम मार्फत प्रतिक्रिया दिँदै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेकी छ्न् ।


विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न् ।


प्रकाशित मितिः २०७७ साल फागुन ५ गते बुधबार, १८:२१