काठमाडौंः ३ बर्ष अगाडि बाचा एल्बम सार्वजनिक गरेर नेपाली सांगीतिक बजारमा प्रबेश गरेकी गायिका शान्ता जिसीको नयाँ म्युजिक भिडियो ‘तिम्रो बचनले’ सार्वजनिक भएको छ ।

बुटवलको बागेश्वरी संगीत बिद्यालयमा सात बर्ष संगीतको प्रशिक्षण लिएर संगीतमा पाईला चालेकी शान्ताको यस म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुईटेलको अभिनय देख्न सकिन्छ ।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिका आँफैले शब्द कोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका छन् ।

भिडियोलाई आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन ।


। त्यस्तै भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेल्बासेले सम्पादन गरेका छन् ।