जनकपुरः रक्षामन्त्री ईश्‍वर पोखरेलले नेपाल भारतको सम्वन्धमा नेपाल अतितमुखी नभई भविष्यमुखी भएर अघि बढ्ने बताएका छन्।

भारतीय प्रभानमन्त्रीको जनपुरको बाह्रबिघामा स्वागतको क्रममा पोखरेलले यस्तो बताएका हुन्।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री दुई दशेको सम्वन्ध विस्तारमा राखेको धारणा अहिले पनि ताजै रहेको बताउँदै पोखरेलले भने ुहामी अतितमुखी हैन भविष्यमुखी भएर अघि बढ्न चाहन्छौँ ।

अयोध्या र जानकी नेपाल भारतको सम्वन्ध प्रगाढ हुनुको एक कारण भएको पोखरेलको भनाई छ। खुला सिामानाले जनस्तरको सम्वन्धलाई निकट बतनाएको पोखरेलले बताए।

उनले अहिले नेपाल संविधान प्रभाकारी कार्यन्वयनसँगै जनताको समृद्धिको काममा केन्द्रित भएको बताए।


। नेपालको विकासको प्रयासमा सुभेच्छा, समझदारी सहयोगको अपेक्षा गरेको उनले बताए।

चार वर्षमा मोदीको तीन पटक नेपाल भ्रमण हुनुले दुई दशेबीचको सम्वन्ध थप मजवुत भएको पोखरेलको भनाई थियो।