काठमाडौंः अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोली अष्ट्रेलियासँग नेपाल पराजित भएको छ ।

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको बिहिबार भएको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित भएको हो ।

अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक तथा ह्यारी सुटरले दुई गोल गरे ।

खेलको छैटौं मिनेटमा जिमिले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो गोल गरे । ५९ औं मिनेटमा गोल ह्यारीले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे ।


। जिमीले अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

अब नेपालले चौथो खेल जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।


प्रकाशित मितिः बिहिबार, असोज २३, १६:४९