नेपाल इन्भेष्टमेण्ट बैंक लि.का थप ४ शाखा स्थापना







काठमाडौंः नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा नयाँ शाखा थप गरेको छ।

दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा नेपाल इन्भेष्टमेण्ट बैंकले शाखा स्थापना गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको


छ साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंक रहेको छ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले नयाँ शाखा खोलेसँगै शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।




ताजा समाचार


विशेष समाचार