काठमाडौँ: मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

सोमपाल कामीले ५१, राजु रिजालले ३१, सन्दीप लामिछानले २५ रन, आरिफ शेखले १९, करण केसीले १८ र शरद भेषावाकरले १५ रन जोडे ।

पाँचौं ओभरमा २४ रन हुँदा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा गुमाएको नेपालले १०.२ ओभरमा ५२ रन जोड्दा राजुलाई गुमाएको थियो । ५७ रन जोड्दा शरद आउट भएपछि नेपाल दबाबमा आएको थियो ।


यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।


प्रकाशित मितिः कार्तिक २२, शुक्रवार, १६:१९