काठमाडौंः सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ । रिट जारी गर्नु भनेको उनको माग अनुसार निर्णय सुनाउनु हो ।

झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्च अदालतमा निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता कट्टेललाई दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए ।


हेर्नुहोस्, सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ:


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १६:१६