भक्तपुरः नेपाली तरुण दल चाँगुनारायण नगरपालिका ३ नं वडा कार्यसमितिद्वारा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गरिएकोे लकडाउनको कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अशक्त, आर्थिक विपन्न्ता भएका एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई खाद्य सामग्री सहयोग गरेको छ ।

नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं ३ का सभापति राजेश शाही ठकुरी, नेपाली तरुण दल चाँगुनारायण नगर अध्यक्ष गोविन्द थापा, क्षेत्रिय प्रतिनिधि दिनेश थापा, नेपाल तरुणदल झौखेलका अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुरेन्द्र माटांगुलु, सदस्यहरु विश्वराम शुलु र राजेन्द्र हञ्जु लगायत नेपाल तरुणदल ३ नं वडा कार्यसमितिका पदाधिकारीले घरदैलोमा गएर खाद्यसामग्री हस्तान्तरण गरेका हुन् ।


राहत चाँगुनारायण नगरपालिका वडा नं ३ का २१ परिवारलाई वितरण गरिएको छ । खाद्य सामग्रीमा चामल, दाल, चिउरा, तेल, आलु, नुन र साबुन रहेको नेपाल तरुण दल चाँगुनारायण नगर अध्यक्ष गोविन्द थापाले जानकारी दिए । उनले ३ नं वडा अध्यक्ष अनिल श्रेष्ठ र सचिव सुरेन्द्र माटांगुलुको समन्वयमा आर्थिक सहयोग संकलन गरी खाद्यान्न वितरण गरीएकोे जानकारी दिए ।

नेपाली कांग्रेस ३ नं वडाका सभापति राजेश शाही ठकुरीले लकडाउनका कारण दैनिक जीवनयापन गर्न समस्यामा परेका वडाबासीलाई वडा समिति र नेपाल तरुण दलको समन्वयमा खाद्य सामग्री सहयोग गर्दै आएको बताए ।





प्रकाशित मितिः शनिबार, वैशाख २०, १५:१२