भक्तपुरः नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज २४ औं स्थापना दिवस मनाएको छ ।

शाखाले २४ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि केक काटेर मनाएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरलाई २४ बर्ष सम्म ल्याई पुर्‍याउन योगदान गर्ने संस्थापक, अग्रज तथा समकालिन सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले २४ औं स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै भक्तपुरमा क्रियाशिल पत्रकारको हकहितमा आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भक्तपुर शाखाको आगामी माघ १० गते साधारणसभा गर्ने तयारी भईरहेको जिल्ला शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले जानकारी दिएका छन् ।


पत्रकारहरुको साझा छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुको स्थापना वि.सं. २०५४ पुस २३ गते भएको हो । त्यसअघि भक्तपुरमा हुने हरेक साना ठूला कार्यक्रम र घटनाहरुको समाचार संकलनका लागि काठमाडौं र सञ्चारमाध्यमहरुका केन्द्रबाट पत्रकार आउनुपर्ने अवस्था थियो । अहिले भने भक्तपुरको समाचार संकलन गर्न केन्द्रबाट धाउनु नपरेको जिल्ला अध्यक्ष बुढोथोकीले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १७:५२