काठमाडौं, २४ जेठ: गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाउने निर्णय गरेको छ । संघीय प्रहरी ऐनको मस्यौदामाथि भएको छलफलमा प्रहरीमा ५ एआईजी मात्र राख्ने निर्णय भएको हो ।

एआईजीको संख्या कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको  थियो । अब प्राविधिकसहित ५ एआईजी मात्र हुने भए पछि प्रदेश प्रहरीको नेतृत्व एआईजीले नगर्ने भएका छन् । जबकी एक समय ७ वटै प्रदेशमा कमाण्डको जिम्मेवारी एआईजीलाई दिइएको थियो ।

प्रदेश सरकारको मन्त्रालयमा प्रथम श्रेणीका सह-सचिव खटाउने निर्णय भएसँगै वरियता मिलाउनका लागि प्रदेश मन्त्रालय बन्नासाथ एआईजीहरुको दरबन्दी स्वतः फाजिल हुने निर्णय गरिएको थियो ।


। अब प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले संघीय प्रहरी ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।