काठमाडौंः नेपाल फिल्म सोसाइटीद्वारा चलचित्र विकास बोर्डका नब नियुक्त अध्यक्ष दयाराम दाहाललाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

जेष्ठ २२ गते बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएकोमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा बरिष्ठ अभिनेता कृष्ण मल्लले नव–नियुक्त अध्यक्ष दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको विकास विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी गर्नु पर्ने कुरामा जोड दिए ।


कोभिड–१९ तथा लकडाउनले थला परेको चलचित्र उद्योगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाई पुनः संचालन गर्न समेत उनले नव–नियुक्त अध्यक्षलाइ सुझाब दिएका थिए ।

नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्द्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा चलचित्र दुत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।

सो अवसरमा नव–नियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, २१:११