काठमाडौंः नेपाल बंगलादेश बैंकले किसान कृषि लोन कार्ड योजना सुरु गरेको छ ।

मकवानपुरगढि गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले बैंक, आर एण्ड डि.इनोभेटिभ सोलुसन प्रा.लि. मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबीच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि को तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले चौ–पक्षिय सम्झौता गरेका थिए ।



प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १९:४६