काठमाडौंः नेपाल बङ्गलादेश बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज काठमाडौं जिल्लाको काँडाघारीमा आफ्नो ९६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

काँडाघारी शाखा कार्यालयको बैँकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले उद्घाटन गरे ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन ।

काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।



प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १८:३५