काठमाडौंः नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, आज भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया रकम हस्तान्तरण गरेको छ ।

बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रमबीच नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोलस्थित संस्थाले आफ्नै भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणका लागि नै उक्त रकम प्रदान गरिएको हो ।


अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, २०:३३