काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपालको भ्रमण गर्दै गर्दा उनको सुरक्षालाई लिएर नेपाल–भारतले निकै ठूलो सतर्कता अपनाएका छन् । मोदीको सुरक्षामा अत्यन्तै विशिष्ट सुरक्षा व्यवस्था मिलाइएको छ ।

जनकपुरको बाह्रबिघामा हुने नागरिक अभिनन्दनमा प्रदेश सरकारले ७ सय भिआइपी पास वितरण गर्ने स्रोतले जनाएको छ । सर्वसाधारणलाई बिहान १० बजेभित्र कार्यक्रमस्थलमा छिरिसक्नुपर्ने निर्देशन दिइएको छ ।

मोदीले सम्बोधन गर्ने स्थलवरिपरि नेपाल प्रहरीका ४ वटा कुकुर पनि खटाइनेछ ।

बैशाख २८ गते शुक्रबार बिहान हेलिकप्टरबाट जनकपुरमा अवतरण पछि जानकी मन्दिरमा पूजाआजा पछि हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान र बेलुका राष्ट्रपति,उपराष्ट्रपति र विभिन्न दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


२९ गते शनिबार बिहान मुक्तिनाथ प्रस्थान, मुक्तिनाथमा पूजा र त्यसपछि मुक्तिनाथबाट काठमाडौं फिर्ता ,विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थानगर्ने कार्यक्रम रहेको छ ।

दिउँसो २ बजे राष्ट्रिय सभागृहका लागि प्रस्थान र बेलुका नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।