काठमाडौंः नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा आज नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० ले पराजित भएको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १९:५८