काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टिमले आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग नेपाली अनुसार अपरान्ह ४ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, ०९:०१