काठमाडौंः भारतमा आयोजना हुने यू-१९ च्यालेन्जर्स एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) भारतको भारत एल्लो टिमसँग खेल्दैछ ।

हैदरावादस्थित जिमखाना मैदानमा हुने नेपाल एु र भारत एल्लोु बीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ ।

रित गौतमको कप्तानीमा मैदान उत्रने नेपाली टिम सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, भारतको टिमलाई हराउँन नेपाललाई कठिन भने हुनेछ ।

सिरिजमा नेपालसहित भारतको तीन टिमले खेल्ने छन् । जसमा भारतको टिमलाई भारत ब्लुु, भारत रेड र भारत एल्लो नाम दिईएको छ ।

दोस्रो खेलमा नेपालले बुधबार भारत रेडु र अन्तिम खेलमा शुक्रबार नेपालले भारत ब्लुु सँग खेल्नेछ ।


लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।


प्रकाशित मितिः सोमबार २५ कार्तिक, ०८:११