काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

शुक्रबारमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्मान गरेको हो ।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल–२०२१ मा सहभागी हुन योग्य भएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दि टेबल र ९ जना टप अफ दि टेबल गरि २६७ जना अभिकर्ताहरु मिलियन डलर राउन्ड टेबल(२०२१मा सहभागी हुन योग्य हुन भएका छन् ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले मिलियन डलर राउन्ड टेबल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।


कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले मिलियन डलर राउन्ड टेबल–२०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सफलताको सिढि चढ्दै जान भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे ।


प्रकाशित मितिः २०७७ साल चैत ७ गते शनिबार, ०७:३९