काठमाडौं:  नेपाल वायुसेवा निगमले यही असार १४ गते आफ्नो पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गर्ने भएको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निर्मातामार्फत पहिलो जहाजको काठमाडौं अवतरण असार १४ गते हुने जानकारी आएको बताए ।

कंसाकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमान आगमनपछि अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरिसकेका छन् ।

‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो । लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ,’ कंसाकारले त्यस सम्मेलनमा भनेका थिए, ‘सिड्नी, जापान, कोरिया, दम्माम र युरोपियन सहरमा जानैपर्छ ।


।’ कान्तिपुर दैनिकमा समाचार छ ।