काठमाडौंः आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीका रुपमा रहेको नेपाल सम्मिलित पाँच देशको सहभागिता रहेको सिरीज आजबाट ओमानमा सुरु हुँदैछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागि देशमा नेपालबाहेक अरु सबै टिमले विश्वकप छनोट खेल्नेछन । नेपाल सिंगापुरमा भएको क्षेत्रीय छनोटबाट नै बाहिरीएका कारण नेपालका लागि यो प्रतियोगिता राम्रो म्याच एक्पोजरका रुपमा मात्र रहेको छ ।

पहिलो दिन दुई खेल हुने प्रतियोगितामा नेपालले भने आइतबार मात्र प्रतिस्पर्धा गर्नेछ ।


। प्रतियोगिताको पहिलो दिन घरेलु टिम ओमान र हङकङबीच बिहान साढे नौ बजे प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आयरल्याण्ड र नेदरल्याण्डबीच दिउँसो साढे एक बजे प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०९:०५