काठमाडौंः लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले अंग्रेजी नयाँ वर्षको सांगितिक उपहारस्वरुप एक रोमान्टिक म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ ।

व्याण्डले ‘निराकार’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो ।

अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतिय मोडलले अनस्क्रिन रोमान्स गरेका छन् ।

यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतिय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन् ।

नेपालमा एक दशकभन्दा लामो समयसम्म म्युजिक भिडियो निर्देशन गरी हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ ।


म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाईब्ज व्याण्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बांसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद के.सी. र अमित गुरुङ तथा सह निर्देशन मनोज के.सी. र रोहित क्षेत्रीको रहेको छ ।

द भाइब्ज व्याण्डले केही अघि विजय दशमीको अवसर पारेर ‘मात्र तिमी’ बोलको गीत सार्वजनिक गरेको थियो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, २०:३०