काठमाडौँ: यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८.२२ विन्दुमा बन्द भएको छ ।

बिहीबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.४९ प्रतिशत र व्यापार समूह १.४७ प्रतिशतले बढे भने, लघुवित्त समूहको परिसूचक १.९ प्रतिशत र बिमा समूहको परिसूचक ०.९१ प्रतिशतले घटे । यसैगरी बैंकिङ समूहको परिसूचक ०.६६, होटलको ०.२५, विकास बैंकको ०.९५, जलविद्युत् ०.७७ र ‘अन्य’ समूहको परिसूचक ०.६३ प्रतिशतले ऋणात्मक रहे ।

दिनभरको कारोबारमा करिब साढे ४ हजार व्यापारमा १ सय ६१ कम्पनीका ७ लाख ९१ हजार ७ सय २८ कित्ता सेयर किनबेच भए ।


साथै कुल बजार पुँजीकरण पनि घटेर १५ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।