भक्तपुरः आज नेपाल सम्वत् ११३९ विहिवारको दिन म्हःपूजा गर्ने गरिन्छ । म्हः पूजा (शरीर पुजा) नेवार समुदाय सबै परिवारले मनाउने चलन छ ।

तिहारमा सबैको आ–आफ्नो विशेष दिन मान्ने चलन छ । लक्ष्मीपूजा त सबैले मनाउने नै भयो । तर त्यसको भोलिपल्छ क्षेत्री बाहुनले गाईको पूजा गर्ने चलन छ । पहाडका मान्छेले भाइटिका भव्यका साथ मनाउने चलन छ । तर नेवार समुदायमा भने तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हा पुजा अर्थात शरीर पूजा गर्ने चलन छ । यो दिन सबै परिवारका सदस्यहरु एकै ठाउँमा लाइनमा बसेर म्हा पूजा गर्ने चलन रहिआएको छ ।

आफ्नो विशेष दिन र छुुट्टै तिहारमा एउटा नेवारहरुको पनि छ त्यो हो म्हा: पूजा ।


। नेवारीमा म्हाःपूजाको अर्थ सामान्य शरीर पूजा गर्नु हो । नेवारी एक शब्दको अर्थ दूइटा पनि हुने गर्छ । तर यहाँ म्हाको अर्थ शरीर हो । तिहारमा लक्ष्मीको पुजाको भोलीपल्ट म्हा: पूजा गर्ने गर्छ । म्हा:पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । यो दिन आफ्नो शरीरको पूजा गर्ने भएकोले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ ।

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २२, १३:२६