काठमाडौंः नेपाल विद्यार्थी संघले भारतीय सांसद् कृति आजादको ट्वीटको विरोध गर्दै धर्ना कार्यक्रम  गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद कृति आजादले ट्वीट गर्दै नेपालको भूमी जनकपुरलाई भारत तर्फ फिर्ता गर्नुहोला भन्दै गरेको आपत्तिजनक अभिव्यक्ति प्रति नेविसंघले विभिन्न ठाउँमा धर्ना कार्यक्रम गरेको छ ।

नेपाल–भारतबीच सदियौंदेखि रहदैं आएको सुमधुर सम्बन्धमा खलल् पुर्याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र नेपालको स्वाभिमानप्रति ठाडो प्रहार गरेको भनि विज्ञप्तीमा उल्लेख गारिएको छ ।


नेपालको विषयमा भारतीय सांसद्बाट आपत्तिजनक र दुरासयपूर्ण अभिव्यक्ति प्रति नेपाल र नेपाली नागरिकका लागि असहाय हुने भएको भन्दै ध्यानाकर्षण गरेको छ ।

साथै, यस विषयमा नेपाल सरकारले भारत सरकारसंग तत्काल कुटनीतिक पहल गर्न समेत नेविसंघ जोडदार माग गर्दछ भनि विज्ञप्तीमा उल्लेख गारिएको छ ।