काठमाडौं: आन्तरिक विवादले चरम उत्कर्षमा पुगेको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।

आज बिहान ८ बजेका लागि अध्यक्ष नैनसिंह महर पक्षधरले बोलाइएको कार्यक्रम र महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले पनि कार्यक्रमको लागि एउटै स्थान र समयमा गर्ने तयारी भएको सो कार्यक्रम स्थगित भएको हो ।

सुन्दरीजलस्थित वीपी संग्राहलयमा बोलाएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष महर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिमा निम्तो दिएका थिए भने महामन्त्री कुन्दनराज काप्ले पक्षधरले वरिष्ठ नेता रामचन्द्र अधिकारीलाई प्रमुख अतिथीमा निम्तो दिएका थिए ।


आज दिनभरजसो वीपी संग्राहलय पुगेका विद्यार्थी नेता र कार्यक्रर्ता अलमलमा देखिएका थिए । यता विवाद सुल्झाउन भन्दै विद्यार्थी नेताहरु सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् भने कार्यक्रम स्थगित भएको छ।

काफ्ले पक्षधरले अध्यक्ष महर एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै आएको छ।