काठमाडौंः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेको छ।

आज विज्ञप्ति निकाल्दै नेविसंघले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा भएको त्रुटिको छानबिन गर्न मन्त्री पोखरेलले राजीनामा दिनुपर्ने माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको चरम अनियमितताले निराशा पैदा गरेको र मन्त्रीले राजीनामा दिएर परीक्षा बोर्ड अध्यक्षलगायत पदाधिकारीमाथि छानबिन र कारबाही नभए आन्दोलन गर्ने उल्लेख छ।

परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजामा त्रुटि भएको भन्दै आइतबार पुनः सच्याएको थियो।