काठमाडौं: राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई गुटबी खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीनजना घाइते भएका छन् ।आधिकारिक कमिटीको विवाद बुधबार पनि चर्किएपछि दुई गुटबी खुकुरी हानाहान भएको हो ।

नेविसं‌घका दुई गुटबीच आधिकारिक इकाइ कमिटीका नाममा लामो समयदेखि विवाद रहेको त्रिचन्द्र कलेजमा पटक पटक झडप हुँदै आएको थियो । कलेजमा दुई गुटमा बाँडिएको नेविसं‌घको एउटा गुटका नाइके कौशल दाहाल छन् । त्यसैगरी अर्को गुटको नाइकै शान सिवाकोटी रहेका छन् ।

यो घटनाका क्रममा खुकुरी हानिँदा नेविसंघ कार्यकर्ता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ।


।  खुकुरी हानाहानपछि पुगेको प्रहरीले कलेजबाट तीनजनालाई खुकुरीसहित पक्राउ गरेर हिरासतमा लिएको छ । पक्राउ पर्नेहरुमा सहदेव नेपाल, अनिल लामा र सौरभ श्रेष्ठ रहेका छन् ।