काठमाडौंः नेपाल राष्ट्र बैंकले हालसम्म जलाउँदै आएको नोटलाई विस्तारै धुल्याउने विधितर्फ लैजाने बताएको छ ।

असार ५ गतेसम्म ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट जलाएर नष्ट गरेकोमा अब धुल्याउने विधितर्फ लैजाने बताएको हो । राष्ट्र बैंकले विभिन्न समयमा गरेर यो परिणामको नोट जलाएको हो ।

हासम्म राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँ बराबरको जलाएको छ भने १० को नोट पनि ८१ करोड ५२ लाख ८७ हजार रुपैयाँ जलाइएको छ ।

खास गरि पुराना र काम नलाग्ने नोटलाई थापाथली रहेको राष्ट्र बैंक परिसर मै नष्ट गर्ने गरिन्छ ।


। केन्द्रीय बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट जलाउँदै आएको छ । सामान्यतया नेपालमा साना नोटको आयु २ वर्षदेखि ३ वर्ष र ठुला नोटको आयु ५ देखि ६ वर्षको रहने बताइन्छ ।

नेपालमा कागजी मुद्राको प्रचलन वि.स. २००२ देखि शुरु भएको हो । यस्तै नेपाल राष्ट्र बैंकले बजारमा अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३८ करोड बराबरको नेपाली रुपैयाँ प्रवाह गरेको छ ।