काठमाडौंः जापानका तात्सुमा इटोलाई पराजित गर्दै साविक विजेता सर्बियाका नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा बुधबार बिहान भएको दोस्रो चरणमा तात्सुमालाई ६–१, ६–४ र ६–२ को सेटमा पराजित गरेर जोकोभिक तेस्रो चरणमा पुगेका हुन् ।

१७ पटकको ग्राण्डस्लाम विजेता जोकोभिकले तेस्रो चरणमा जापानकै योशिहितो निशिओकासँग खेल्ने छन् ।

यस्तै छैटौं वरियताका स्टेफानोस पनि तेस्रो चरणमा पुगेका छन् ।

दोस्रो चरणमा उनका प्रतिद्वन्द्वी फिलिपे चोटको कारण नखेलेपछि स्टेफानोस तेस्रो चरणमा पुगेका हुन् ।


प्रकाशित मितिः बुधबार, माघ ८, १३:३८