काठमाडौंः नर्वेका कास्पर रुडलाई पराजित गर्दै विश्व नम्बर एक नोभाक जोकोभिच इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

रोममा भएको सेमिफाइनलमा सर्बियन जोकोभिचले रुडलाई ७–५ र ६–३ ले पराजित फाइनलमा पुगेका हुन् ।

३३ वर्षीय जोकोभिचले ४ पटक इटालियन ओपन जितिसकेका छन् ।

अब फाइनलमा जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानसँग खेल्नेछन् ।

क्यानडाका डेनिस शापोभालोपलाई पराजित गरी डिएगोले फाइनलमा पुगेका हुन् ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १४:०१