धादिङः दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन । क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ ।

सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ ।

क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।


। बर्खा नसकिँदै अधिकांश भाग कामै नलाग्ने अवस्थामा पुगेको छ । यसले गाडी ओहोरदोहार गर्न मुस्किल हुने गरेको बसका चालक गणेश श्रेष्ठले बताए ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०७:०२