काठमाडौंः न्यायपरिषद्ले न्याय सेवा आयोगबाट परीक्षामा उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।

हिजो बसेको न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीशको प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष आज नामसहितको सिफारिशपत्र पठाएको हो ।

न्याय सेवा आयोगले पहिलो पटक न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जना जिल्ला न्यायाधीशमा उत्तीर्ण भएका थिए ।

जिल्ला न्यायाधीशका लागि परीक्षामा उत्तीर्ण हुनेहरु
-सन्तोषप्रसाद पराजुली
-नन्दकिशोरप्रसाद यादव
-कमला पौडेल
-कुलप्रसाद पाण्डे
-समनकुमार न्यौपाने
-रामप्रसाद बस्याल
-प्रमेश पोख्रेल
-ईश्वरीप्रसाद भण्डारी
-तेजबहादुर खड्का
-दिलीपराज पन्त
-केदारनाथ पौडेल
-सोमनाथ अधिकारी
-मनोज श्रेष्ठ,
-हरिकृष्ण श्रेष्ठ
-विश्वनाथ भट्टराई र आत्मदेव जोशी रहेका छन् ।