काठमाडौंः न्युजिल्यान्डमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । यता अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड मापन गरिएको जनाएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा पर्छ ।
भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन । भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । – एजेन्सी
प्रकाशित मितिः २०७७ साल फागुन २१ गते शुक्रबार, ०८:१८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook