काठमाडौंः न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस्तै ज्वालामुखीबाट अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरु हिँडेको देखिएको बताइएको बीबीसीले जनाएको छ ।

देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।

प्रहरीका अनुसार २३ जनालाई उद्धार गरिइएको छ । उद्धारकर्मीहरुका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।

अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।


उक्त टापु निजी स्वामित्वमा रहेको छ र पर्यटन गन्तव्यस्थल मानिएको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १४:४९